Skip to content
Prabhu

मेयर बालेनले भनेः नाबालिकमाथि हिंसा गर्ने एमाले सांसद शर्मालाई किन कारबाही नगरेको ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सरकारमाथि आक्रोश पोखेका छन् । आज सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले विगत आठ वर्षदेखि नाबालिकालाई घरेलु कामदारका  नाममा हिंसा गरिरहेकी नेकपा एमालेकी प्रदेश सभा सदस्य रेखा शर्मालाई सरकारले किन कारबाही नगरेको भन्दै प्रश्न गरेका छन् ।
शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै काठमाडौँ महानगरले दुई महिनादेखि कारबाही अगाडि बढाउन भनेको र अदालतले पनि मुद्दा चलाउन भनिसकेको अवस्थामा बाल शोषण मुद्दामा किन कारबाही नगरेको भनेका छन् ।
बालेनकाे भनाइ
वहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा , वहाँ ले बिगत ८ वर्ष देखी बन्दी बनाएर , एक जना नबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूप मा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौं महानगर ले बिगत २ महिना देखी कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकार ले समाएको छैन । अदालतले पनि मुद्दा चलाउ भनेर भनी सकेको छ ।
सम्माननिय प्रधानमन्त्री खड्ग प्रसाद ओली ज्यु ,
सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउन लाई भन्दछ ।
सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिदै एक लाख घोषणा गर्नु नै होला ।
कहिले समाउने ?? कि नसमाउने ??
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal