Skip to content
Prabhu

सानिमा बैंकका ग्राहकलाई सीजीका मोबाइल किन्दा छुट

काठमाडौं । सानिमा बैंकका ग्राहकहरुले सीजी मोबाइल खरिदको क्रममा छुट पाउने भएका छन् । दुई पक्षबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकले डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानी गर्दा सीजी मोबाइल खरिदको क्रममा विशेष छुट पाउने छन् ।

यस अन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड मार्फत सीजी मोबाइलमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा सानिमा बैंकका ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरिएको छ । नोथिङ तथा सीएमएफ ब्रान्डका मोबाइल फोनको खरिदमा ७.४ प्रतिशतसम्म छुट साथै इयरबड तथा अन्य एक्सेसरीजको खरिद गर्दा ग्राहकले ९ प्रतिशतसम्म छुट पाउनेछन् ।

यसैगरी सानिमा बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी ईएमआई सुविधा पनि प्राप्त गर्न सक्ने बताइएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा पनि उपलब्ध गराइएको बैंकले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal