Skip to content

सिटिजन्स क्यापिटलको १८औं वार्षिक साधारणसभा सम्पन्न, १५.५० नगद लाभांश पारित

nabil bank

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले १८ औं वार्षिक साधारणसभा आज सोमबार काठमाडौंस्थित एटिक मिटिङ हलमा सम्पन्न गरेको छ । संस्थाको १८ औं साधारणसभाले आव २०८०/८१ को मुनाफाबाट १५.५० नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको हो ।

वार्षिक साधारणसभामा छलफलका लागि प्रस्तुत गरिएका प्रस्तावहरुमा आ।व। २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ ।

साथै, आव २०८१/८२ को लागि लेखापरीक्षण कार्य गर्नका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, संस्थाको नियमावली अनुसार गरिएको सञ्चालकको नियुक्ति अनुमोदन र संचालकहरुको बैठक भत्ता परिमार्जन गरेको छ ।

नेपाल धितोपत्र बोर्डबाट सामुहिक लगानी कोषको व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), धितोपत्र प्रत्याभूतिकर्ता (अण्डर राइटर), सेयर रजिष्ट्रार तथा डि–म्याट खाता जस्ता लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी सञ्चयकोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सह–लगानी रहेको छ ।

काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ । सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष राजेन्द्रलाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ छन् ।

काठमाडौं बाहिरका लगानीकर्ताहरुले पुँजीबजारमा प्रत्यक्ष रुपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरिका सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरुलाई संस्थाको विज्ञ तथा अनुभवी व्यवस्थापन समूहबाट सेवा प्रदान गर्दै आएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime