Skip to content
Prabhu

अर्कैको बच्चालाई विमानको शौचालयमा दुई महिलाले थुनेपछि चीनमा हंगामा

एजेन्सी । चीनमा एक हवाई उडानका क्रममा दुई यात्रुले एक अपरिचित व्यक्तिको नातिनीलाई शौचालयमा बन्द गरिदिएका छन् । उक्त घटनालाई लिएर यतिबेला चीनमा ठूलो बहस सुरु भएको छ । उक्त घटनालाई लिए सार्वजनिक स्थानमा बच्चाहरुको रुवाईलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा चर्को बहस सुरु भएको हो ।
उक्त घटना हालै सामाजिक सञ्जालमा  भाइरल भएको थियो । ती दुईमध्ये एक महिलाले चिनियाँ सामाजिक सञ्जालमा एउटा पोस्ट गरेकी थिइन् । जसमा बच्चालाई शौचालयनमा बन्द गरी उनीहरु आनन्दले बसेको  देखिन्छ ।
“तिमी राइराखे हामीले बाहिर जान दिने छैनौँ”, शौचालयको सीटमा बसेकी महिलाले बच्चालाई भनेकी थिइन्, जसले उनको काखबाट निस्किन खोज्दै ढोका समात्ने कोसिस गरिरहेकी थिइन् । भिडियोमा देखाइएअनुसार ती महिलाले बच्चालाई उठाएर भनेकी थिइन्, “तिमी फेरि हल्ला गर्न थालेमा, हामी फेरि शौचालयमा ल्याउनेछौं।”
यो घटना अगष्ट २४ मा गुइयाङ शहरबाट साङ्घाइतर्फ जाँदै गरेको जुनयाओ एयरलाइन्सको उडानमा भएको बताइएको छ । एयरलाइन्सको भनाइअनुसार, ती बच्चा हजुरआमासँग यात्रा गरिरहेकी थिइन् । लगभग तीन घण्टाको उडानको दौरानमा लगातार रोइरहेकी थिइन् । दुई यात्रुहरूले हजुरआमाको सहमतिमा बच्चालाई पाठ पढाउन शौचालयमा लगेका थिए ।
चर्को आलोचना बढ्दै गएपछि एयरलाइन्सको ग्राहक सेवा विभागले घटनाका लागि माफी माग्यो । साथै चालक दलको चेकजाँचको कमी भएको स्वीकार गर्दै दुई यात्रुको व्यवहारको निन्दा समेत गरिसकेको छ ।
भिडियो पोस्ट गर्ने ती महिलाले आफूले अरू यात्रुहरूलाई आरामदायी यात्रा गराउने उद्देश्य रहेको बताइन् । तर, उनको पोस्टले चाँडै नै आलोचना सामना गर्नुप¥यो, धेरै सामाजिक मिडियाका प्रयोगकर्ताहरूले उनलाई निर्दयी भएको र बच्चालाई धम्क्याएको आरोप लगाए । भिडियो पछि हटाइयो ।
यी घटनाहरूले चीनमा सार्वजनिक स्थानहरूमा अभिभावकत्वको बारेमा चलिरहेको बहसलाई बलियो बनाएको छ, जहाँ सरकारले जोडीहरूलाई थप बच्चा जन्माउन उत्प्रेरित गर्ने प्रयास गरिरहेको छ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal