Skip to content
Prabhu

त्रिविले माग्यो ११ क्याम्पस प्रमुखका लागि आवेदन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सोमबार सूचना जारी गर्दै ११ वटा आंगिक क्याम्पसका लागि क्याम्पस प्रमुखका लागि आवेदन मागेको छ।

त्रिविले सिरहाको सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस, काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पस, पोखराको पृथ्वीनारायण क्याम्पस, जनकपुरको रामस्वरूप रामसागर क्याम्पस, बुटवलको बुटवल बहुमुखी क्याम्पस, पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसका लागि क्याम्पस प्रमुख माग गर्दै आवेदन खुलाएको हो।

global
अर्घाखाँची सिमेन्ट

त्यस्तै, डोटी बहुमुखी क्याम्पस, ललितपुरको पाटन संयुक्त क्याम्पस, काठमाडौंकै विश्वभाषा क्याम्पस, सुर्खेतको सुर्खेत क्याम्पस र जुम्लाको जुम्ला क्याम्पसका लागि प्रमुख माग गरिएको छ।

उम्मेदवारको योग्यता त्रिवि सावधिक पदमा नियुक्तिको आभार र मापदण्डसम्बन्धी विनियम २०८१ को हुनुपर्ने सूचनामा उल्लेख छ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal