Skip to content
Prabhu

एनसेलको लाइसेन्स नवीकरण, ५ अर्बको किस्ता सुविधा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आइतबार नै एनसेलको जीएसएम सेलुलर मोबाइल सेवाको लाइसेन्स नवीकरण गरिदिएको छ ।

नवीकरण शुल्क तिर्न एनसेललाई ब्याजसहित किस्ताबन्दी सुविधा सरकारले उपलब्ध गराएको थियो । सोहीअनुसार अहिले एनसेलले पहिलो किस्तास्वरूप ५ अर्ब रुपैयाँ बुझाएपछि लाइसेन्स नवीकरण भएको हो ।

प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले एनसेलको लाइसेन्स नवीकरण भएको जानकारी दिए । २० अर्ब नवीकरण शुल्कको बाँकी १५ अर्ब रकम अब ३ किस्तामा हरेक वर्ष ५ अर्ब रुपैयाँ गरी एनसेलले १० प्रतिशत ब्याजसहित तिर्ने छ ।

एनसेलले चाहेमा बाँकी सबै रकम एकैपटक दिनसक्ने व्यवस्थासमेत गरिएको उनले बताए । एनसेललाई भदौ १६ गते नै नवीकरणपछि पत्र दिइएको उनले बताए ।

एनसेलको लाइसेन्स नवीकरण अवधि भदौ १५ गते सकिएको थियो । यससँगै एनसेलले थप ५ वर्षका लागि लाइसेन्स पाएको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal