Skip to content
Prabhu

लेदो माटोसहितको पहिरो खसेपछि पृथ्वीराजमार्ग एकतर्फी मात्रै सञ्चालन

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङ गजुरी गाउँपालिका–६ बेल्खुस्थित सडकमा माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक एकतर्फी मात्रै सञ्चालन भएको छ ।

बिहान ८ बजे सडकमा लेदो माटोसहितको पहिरो खसेपछि सवारीसाधन आवागमन प्रभावित भएको ‍जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

केही समय सडक माथिबाट लेदो माटोसहितको पहिरो झर्दा राजमार्गमा दुईतर्फी नै सवारी आउजाउ प्रभावित बनेको थियो।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal