Skip to content
Prabhu

स्वरोजगार लघुवित्तको २९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको २९ हजार ७ सय २१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३ सय ५० रुपैयाँ र सोभन्दा बढी मूल्य आएमा कम्पनीले बढी मूलयलाई मान्यता दिने एक सूचनामार्फत जानकारी दिएको छ ।

सेयर खरिदको लागि इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ लिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय बनेपा–५ काभ्रेपलाञ्चोक आवेदन पेस गर्ने सक्ने छन् ।

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने जानकारी दिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal