Skip to content
Prabhu

८ महिनामा नेपालमा भित्रिए ७ लाख बढी पर्यटक, धेरै भारतीय पर्यटक

काठमाडौं । सन् २०२४ को अगस्ट महिनामा ७२ हजार ७ सय १९ पर्यटक नेपाल भित्रिएका छन्। पर्यटन बोर्डका अनुसार अगस्टमा ७२ हजार ७ सय १९ पर्यटक आएका हुन्।

अघिल्लो वर्ष (सन् २०२३) को अगस्टमा ६७ हजार १ सय ५३ पर्यटक आएका थिए। यस्तै, सन् २०२२ को अगस्टमा ४१ हजार ३ सय ४ पर्यटक आएका थिए। यद्यपि कोरोनाअघि सन् २०१९ को अगस्टमा ९४ हजार ७ सय ४९ पर्यटक आएका थिए।

यसपालि सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन्। पर्यटन बोर्डको तथ्यांकअनुसार भारतबाट २५ हजार ८३२ पर्यटक यो एक महिनामा आएको देखिन्छ।  त्यस्तै, चीनबाट ६ हजार ६ सय १४, अमेरिकाबाट ५ हजार ६ सय १४, श्रीलंकाबाट ४ हजार ८ सय ५१ र बंगलादेशबाट ३ हजार ७७ पर्यटक आएका छन्।

यससँगै सन् २०२४ को ८ महिना (जनवरीदेखि अगस्टसम्म) मा ७ लाख २ हजार ३३४ पर्यटक आएका छन्। पर्यटन बोर्डको तथ्यांकअनुसार जनवरीमा ७९ हजार १ सय, फेब्रुअरीमा ७९ हजार ४२६, मार्चमा एक लाख २८ हजार १६७, अप्रिलमा एक लाख ११ हजार ३७६ र मे मा ९० हजार २११ पर्यटक भित्रिएका थिए।

त्यस्तै, जुन महिनामा ७६ हजार ७३६, जुलाई महिनामा ६४ हजार ५९९ र अगस्टमा ७२ हजार ७१९ पर्यटक भित्रिएका छन्।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal