Skip to content
Prabhu

पर्यटक क्षेत्रले लाखौंलाई रोजगारी दिन सक्छः पूर्वअध्यक्ष रमेश धमला

कामाडौं । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) पूर्वअध्यक्ष रमेश धमलाले पर्यटन क्षेत्रले १० औँ लाखलाई राजगारी दिन सक्ने बताएका छन् । आज टानको ४६ औँ वार्षिक साधारणसभामा बोल्दै पूर्वअध्यक्षले यस्तो बताएका हुन्।

रोजगारीका लागि विदेश गइरहेको अवस्थामा नेपालमा नै रोजगारी पाउन सक्ने क्षेत्रलाई राज्यले ध्यान नदिएको पूर्वअध्यक्ष धमलाले बताए । यसका लागि सरकारले केही सुधार गरेको खण्डमा नेपालमा रोजागरी सृजना हुने उनको भनाइ छ । त्यस्तै पर्यटन क्षेत्रले सरकारको जीडीपीमा ७ प्रतिशत योगदान पु¥याएको अवस्थामा सरकारले यो क्षेत्रका लागि आवश्यक पर्ने कानुनहरु निर्माण गर्नु पर्ने उनले बताए ।

‘पर्वतारोहण क्षेत्रमा निकै समस्याहरु आइरहेको छ । यस्तो समस्याहरुलाई उजागर गरेर अघि बढ्नु पर्ने हुन्छ,’ उनले भने। अहिले पनि पुरानो ऐनका आधारमा काम भइरहेको भन्दै यसमा सरकराले ध्यान दिनु पर्ने उनको भनाइ छ । सरकारले निजी क्षेत्रसँगको सहकार्यमा आवश्यक विमानहरु खरिद गर्नुपर्ने आवश्यक रहेको उनकाले बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal