काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)को संस्थापक समूहको सेयर बोलकबोलमा नपाउनेलाई आज सोमबारदेखि रकम फिर्ता हुने भएको छ ।
एचआईडीसीएलको यसअघि हकप्रदमा बिक्री नभएको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता सेयर बिक्रीका लागि शिलबन्दी बोलपत्र आवेदन माग गरिएको थियो । सो संस्थापक सेयरको कटअफ मूल्य १३५ रुपैयाँ तय भएको बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले एक सार्वजनिक सूचनामार्फत जनाएको छ ।
प्रतिकित्ता १३५ रुपैयाँभन्दा कम मूल्य तोकेर आवेदन दिनेले सोमबारदेखि रकम फिर्ता पाउने छन् भने सोभन्दा माथिको आवेदन दिएकाहरुले केही समयपछि डिम्याट खातामा सेयर पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्