Skip to content
Prabhu

पर्यटन क्षेत्रको बजेट निकै कम छः सांसद राजेन्द्र बजगाई

काठमाडौं । प्रतिनिधसभाका सदस्य राजेन्द्र बजगाईले पर्यटन क्षेत्रमा निकै कम बजेट विनियोजना गरिएको बताएका छन्। आज ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को ४६ औँ वार्षिक साधारणसभामा बोल्दै बजगार्इले यस्तो बताएका हुन् ।

‘सकारले लामो समयदेखि तीन वटा क्षेत्रलाई प्राथमिकता दिने गरेको भए पनि बजेट भने निकै कम हुने गरेको उनको भनाइ छ । सरकारले पहिलेदेखि नै कृषि पर्यटन र जलविद्युतलाई प्राथमिकता दिने गरेको छ । तर बजेट निकै कम छ,’ उनले भने । चालु आर्थिक वर्षको बजेट पनि पर्यटन क्षेत्रमा निकै कम हरेको उनले बताए । जम्मा बजेटको ०।१७ प्रतिशत मात्रै बजेट पर्यटन क्षेत्रमा छुट्याइएको उनले बताए । चालु आर्थिक वर्षको बजेटमा १ अर्ब ६७ करोड मात्रै बजेट राखिएको उनको भनाइ छ ।

टिकट पनि निकै महँगो बनाएका कारण पनि पर्यटक आउनका लागि समस्या भएको बजगाईको भनाइ छ । टानको पूर्वमहासचिव समेत रहेका बजगाईले हवाइ टिकटमा भ्याट लगाएकाले टिकट महँगो भएको बताए ।

सरकारी स्वामित्वको नेपाल एरयरलाइन्स पनि ग्राउन्डेट भएको अवस्थालाई पनि सरकारले सहज बनाउनु पर्ने उनको भनाइ थियो । हप्ताकै २८ वटा उडान कतार गर्न सकेको खण्डमा पनि धेरै सहज हुने अवस्था भए पनि अहिले एउटा विमानले मात्रै उडान गर्नु निकै दुःखत भएको उनले बताए ।

मलेसियाले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर ६० प्रतिशत बजेट छुट्याएको भन्दै नेपाल सरकारले पनि त्यस विषयमा सोच्नुपर्ने उनको भनाइ छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal