Skip to content
Prabhu

सरकारले अहिले पनि द्रुत गतिमा काम गर्न सकेनः पर्यटन राज्यमन्त्री चौधरी

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री अरुणकुमार चौधरीले अहिले पनि सरकारले द्रुत गतिमा काम गर्न नसकेको बताएका छन् । आज ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को ४६ औँ वार्षिक साधारणसभामा बोल्दै चौधरीले यस्तो बताएका हुन् ।

नयाँ सरकार बन्दै गर्दा जुन अपेक्षा थियो त्यसमा केही कमी देखिएको उनले बताए । ‘प्रधानमन्त्रीले २१ सदस्य मन्त्रीलाई नियुक्त गरेर शपथ खुआउँदाको जुन उत्साह थियो त्यसमा अहिले कमी आएको छ,’ उलने भने । अहिले सबै व्यवासाय क्षेत्र समस्या रहेको भन्दै सबैको सहकार्यमा यसबाट पार पाउन सक्ने उनले बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal