Skip to content
Prabhu

देश विकासको मेरुदण्ड नै पर्यटन क्षेत्र होः मन्त्री पाण्डे

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संस्कृति, पर्यटन र नागरिलाई जोड्न सक्नुपर्ने बताएका छन् । आज ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को ४६ औँ वार्षिक साधारणसभामा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

यी सबै क्षेत्रका लागि नागरिक उड्डयन पक्ष बलियो हुनुपर्ने आवश्कयकता रहेको उनले बताए । संस्कृति र पर्यटनलाई विकास गर्नका लागि नागरिक उड्डयन बलियो हुनु पर्ने मन्त्री पाण्डेको भनाइ छ । ‘हाम्रो देशमा पर्यटन क्षेत्रको विकास गर्ने हो भने प्रत्यक पर्यटकलाई सुरक्षाको विषयमा आश्वस्त पार्नु पर्छ’, उनले भने । यस्तो गर्न सकिने भने पर्यटन क्षेत्रको विकास गर्न सकिँदैन ।

निजी क्षेत्रको सहयोग यो क्षेत्रमा निकै महत्वपूर्ण योगदान रहने उनले बताए । ‘हाम्रो नेपालमा ट्युइनेटर विमान जम्मा ११ वटा चलिरहेको अवस्था छ । हेलिकप्टरमा पनि केही दर्शन छन्,’ उलने भने । हवाइ उड्डयनलाई सुरक्षित बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए ।

प्राकृति रुपमा रहेको सम्पतिको प्रचार गर्न नसकिएको उनको भनाइ छ । यो मन्त्रालय सरकारको मात्रैभन्दा पनि निजी क्षेत्रको मन्त्रालय हो । ‘यो मन्त्रालय आफ्नो पनि हो भन्ने भावना नभएर सम्मका लागि मन्त्रालय अघि बढ्न सक्दैन,’ उलने भने । मन्त्रालय निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको उनले आश्वस्त पारे ।

दुई ठूला दलको सरकार बनेको खण्डमा सबैलाई मिलाएर लैजाने उनको भनाइ छ । आवश्यक ऐन, कानुनहरु परिमार्जन गर्नका लागि पनि सरकार तयार रहेको उनले बताए । अहिलेको सरकारले जस र अपजसको अवनत्व लिएर अघि बढ्ने उनको भनाइ छ । ‘छोरा पुस्तालाई नेपालमा बस्ने वातावरण बनाउनका लागि यो पुस्ताले त्याग गर्नु पर्ने अवस्था आएको छ,’ मन्त्री पाण्डेले भने ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal