Skip to content
Prabhu

सोमबार नेप्से १२७.३२ अंकले बढ्यो, कारोबार रकम १३ अर्ब १० करोड

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से १२७.३२ अंकले बढेर बन्द भएको छ। पछिल्ला दिनहरुमा निरन्तरजसो ओरालो लागिरहेको नेप्से, सोमबार उच्च अंक बढेर बन्द भएको हो।

आज  सेयर बजारमा हरियाली छायको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२७.३२ अंकले बढेर २८२३.२५ को बिन्दुमा पुगेर बजार बन्द भएको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स २२.९४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ९.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ८.१८ अंकले बढेको छ।

सोमबार ३३५ कम्पनीको ३ करोड १४ लाख ३० हजार कित्ता सेयर किनबेच हुदाँ १३ अर्ब १० करोड ४६ लाख ३१ हजार रुपैयाँ बढीको कारोबार भएको छ ।

सोमबार गुडविल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४६ करोड ५२ लाख ५१ हजार रुपैयाँको संकलन भएको छ । कम्पनीको प्रतिकित्ता न्यूनतम मूल्य १ हजार ३ सय ३० रुपैयाँ रहेको छ । सोमबार २३९ कम्पनीको सेयर मूल्य बढ्दा ५ कम्पनीको सेयर मूल्य घटेको छ ।

साथै, सोमबार ११ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने ५ कम्पनीको सेयर मूल्य घटेको छ ।

 

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal