Skip to content
Prabhu

मुख्य सचिव महासंघ भेट : आर्थिक विकासका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकारका नवनियुक्त मुख्य सचिव एकनारायण अर्यालसंगको भेटमा पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिएपनि तिव्र र दिगो बिकासका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक रहेको तर्फ ध्यानाकर्षण गराएको छ । आज मुख्य सचिव अर्याललाई बधाइ दिन गएको महासंघको टोलिले नीतिगत सुधार र स्थायित्वको आवश्यकता रहेको बताएको हो ।

मुख्य सचिवसँगको घेटमा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सुधारका लागि गठन हुने उच्चस्तरिय आर्थिक सुधार आयोगले यसमा काम गर्नुपर्ने र त्यसका लागि महासंघले सघाउने बताएका छन् । महासंघको आग्रहमा नयाँ चरणको सुधारका लागि आयोग गठन हुनु सकारात्मक भएको भन्दै यसमा महासंघले सघाउने उनको भनाइ थियो ।

यसैगरि अध्यक्ष ढकालले निजी क्षेत्रको मर्यादाक्रमका लागि महासंघले आग्रह गरिरहेकोमा यसलाई सकारात्मक रुपमा लिन पनि मुख्यसचिव अर्याल समक्ष आग्रह गरे । यसैगरि सर्वसाधारण र व्यवसायीले सेवा लिने क्षेत्रमा सुधारका लागि प्रविधिको उपयोग बढाइ शुसासनको प्रत्याभूति दिलाउनु पनि आवश्यक रहेको उनको भनाइ थियो ।

यसैगरि निजी क्षेत्रलाई पनि अख्तियारले हेर्ने गरि कानुनहरु बनेको तर्फ अध्यक्ष ढकालले मुख्य सचिव अर्यालको ध्यानाकर्षण गराए । ‘यसले लगानी निरुत्साहित हुने भएकाले यो व्यवस्था हटाउन पहल गर्न व्यवसायीको तर्फबाट आग्रह गर्दछु,’ अध्यक्ष ढकालले भने ।

भेटमा मुख्य सचिव अर्यालले निजी क्षेत्रको महत्व आफूले बुझेको र लगानी प्रोत्साहित हुने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गरे । महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले छिटो छिटो नीति परिवर्तन हुन नहुने बताए । महासंघका उपाध्यक्ष हेमराज ढकालले अनधिकृत आयात रोक्न र उधारो उठाउने सम्बन्धि कानुन निर्माण गर्न पनि सरकारले पहल गर्नुपर्ने धारणा राखे ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal