Skip to content
Prabhu

काठेपुलबाट खसेर बेपत्ता भएका बुढाको शव भेटियो

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका वडा नं ४ स्थित लुमको काठेपुलबाट खसेर बेपत्ता भएका हरिकृष्ण बुढाको शव भेटिएको छ । गत बुधबार उक्त पालिकाको लुममा रहेको काठेपुलबाट खसेर बेपत्ता भएका २८ वर्षीय बुढाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए ।

पुलबाट करिब १४ किलामिटर तल उर्थुमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । गएको बुधबार बिहानै ८ बजे गाउँपालिको लासी बजारबाट तल्फी जानेक्रममा क १ प १८२० नम्बरको मोटरसाइकल पुलबाट जवा नदीमा खसेको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal