Skip to content
Prabhu

सिटिजन लाइफको ‘सिटिजन हिरोज कनक्लेभ’ सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तीनदिने कार्यक्रम “सिटिजन हिरोज कनक्लेभ” को चौथो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रम भदौ १४ गतेदेखि १६ गतेसम्म चितवनको सौराहास्थित पार्क सफारी रिजोर्टमा सञ्चालन गरिएको थियो ।

सबल अनि सक्षम, निरन्तर प्रगतिको पथमा भन्ने नाराका साथ सञ्चालन गरिएको यस कार्यक्रम भव्यताका साथ सम्पन्न भएको आयोजकले जनाएको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले हरेक वर्ष, कम्पनीमा कार्यरत सिनियर एजेन्सी मेनेजरसहित अघिल्लो आर्थिक वर्षमा उत्कृष्ट कार्य गरेको आधारमा केही एजेन्सी म्यानेजरहरुलाई सो कार्यक्रममा सहभागी गराउँदै आएको छ ।

छनोट भएका सिनियर एजेन्सी मेनेजरहरुको थप क्षमता अभिवृद्धि गरेर हौसला प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा उच्च अनुभवी प्रशिक्षकबाट विभिन्न विषयमा तालिम दिएर हरेक ढङ्गबाट सक्षम बनाउने यस कार्यक्रमको उद्देश्य रहेको थियो । यस्तो कार्यक्रमले लिडर्सहरुलाई उत्प्रेरणा मिल्नुका साथै काम गर्ने विषयमा नयाँ ढङ्गले सोच्ने र नयाँ तरिका अपनाएर आफ्नो टिमलाई अझै सबल र प्रतिस्पर्धी बनाउन मद्दत मिल्ने गरेको कम्पनीको अनुभव छ ।

सिटिजन लिडर्सहरुलाई नियमित कार्यशैली भन्दा नयाँ र फरक ढङ्गले व्यवसाय गर्दा उपलब्धी राम्रो हुने र व्यवसायिक सफलता हासिल गर्न सजिलो हुने विगतको अनुभवले देखाएको छ । यसै क्रमलाई कम्पनीले मध्यनजर गर्दै उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक सायद अफजल अहमदद्वारा हाल कम्पनीमा कार्यरत ५५ भन्दा बढी लिडर्सहरुलाई तालिम प्रदान गरिएको छ ।

साथै यसै कार्यक्रममा कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम पनि संचालन गरेको थियो । उक्त तालिममा गैरकानुनी आम्दानी र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिइएको थियो । कार्यक्रममा एजेन्सी म्यानेजरहरुका साथै कम्पनीको व्यवस्थापन टिमका लगायत प्रमुख व्यवसाय अधिकृतहरुको समेत उपस्थिति थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal