Skip to content

दुई म्युचुअल फण्डहरूको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

nabil bank

काठमाडौं । आज दुई म्युचुअल फण्डहरुको प्रतिफल सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । प्रतिफल वितरण प्रयोजनार्थ कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाले भोली अर्थात भदौ १९ गते बुकक्लोज गर्दै छन् ।

यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम एकाइधनीहरुले यी फण्डहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन् । कुमारी इक्विटी फण्डले गत आर्थिक वर्षका लागि एकाइधनीहरुलाई ९.५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको थियो भने कुमारी धनवृद्धि योजनाले पनि ९.५ प्रतिशतका दरले नै लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

यी फण्डहरुको योजना व्यवस्थापक कुमारी क्यापिटल लिमिटेड रहेको छ भने कोष प्रबर्द्धक कुमारी बैंक लिमिटेड रहेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi