Skip to content
Prabhu

एनआईसी एसिया बैंक पीसीआई–डीएसएस भी ४.० भर्सनमा स्तरोन्नति

काठमाडौं । एनआईसी एसिया बैंकको कार्ड प्रयोगकर्ताहरुको डाटा सुरक्षा अझ बढी मजबुत हुनेगरी यस बैंक पीसीआई–डीएसएस भी ४.० भर्सनमा स्तरोन्नति भएको छ । बैंकले आफ्नै ईएफटी स्वीच सञ्चालन गरेको दोस्रो वर्षमै पीसीआई–डीएसएस भी ३.२.१ भर्स पीसीआई–डीएसएस भी ४.० भर्सनमा स्तरोन्नति भएको छ । यस स्तरोन्नतिसँगै यस बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षा अझ बढी बलियो बनेको छ ।

सो बैंकले सन् २०२३ देखिनै एटीएम र कार्डमा आधारित भुक्तानी प्रणाली आफ्नै ईएफटी स्वीचद्वारा सञ्चालन गर्दै आएको छ । बैंकले भुक्तानी गर्नको लागि डेबिट र क्रेडिट (भिजा र मास्टरकार्ड) छन्, जुन कार्डहरु नेपाल, भारत, र भुटानमा प्रयोग गर्न सकिन्छ तथा अन्य विदेशी भुक्तानीका लागि अमेरिकी डलर प्रिपेड कार्ड जारी गरेको छ । त्यसैगरी, एटीएम, पोस तथा ईकर्स जस्ता प्लेटफर्ममा भुक्तानी प्राप्तिको लागि भीजा मास्टरकाड चाइना यूनियन पे स्वीकार गर्दछ ।

यसै सन्दर्भमा बैंकले कार्ड प्रयोगकर्ताहरुको डाटाको पूर्णसुरक्षा सुनिश्चिताको लागि प्रणालीगत र संस्थागत रुपमा आन्तरिक नियन्त्रण गर्न आवश्यक सुरक्षा डिजाइन र कार्यान्वयनमा विशेष ध्यान दिएको छ । आन्तरिक नियन्त्रणलाई दिगोपन कायम गर्न र स्वतन्त्ररुपमा मूल्यांकन गर्नका लागि बैंकले प्यानएसीया इन्र्फोस प्रालिलाई नियुक्त गरेको थियो।

यस पुनः प्रमाणीकरणले कार्ड प्रयोगकर्ताको डाटा सुरक्षामा बैंक निरन्तर प्रयास र प्रतिबद्धतालाई स्वतन्त्र रुपमा प्रमाणित गर्नुका साथै बैंकले आवश्यक सबै आन्तरिक नियन्त्रण प्रणालीलाई कार्यान्वयन गरेको सम्पूर्ण सरोकारवालाहरु समक्ष स्पष्ट पारेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal