Skip to content
Prabhu

नेप्से प्रिओपन सेसनमा ११ अंकले बढ्यो

काठमाडौं । मंगलबार प्रिओपन सेसनमा नेप्से परिसूचक ११ अंकले बढेको छ । आको प्रिओपन सेसनमा नेप्से परिसूचक ११ दशमलव १६ अंकले बढेको हो ।

आजको प्रिओपन सेसनपछि नेप्से परिसूचक २८३४ दशमलव ४२ विन्दुमा पुगेको छ । त्यस्तै आजको प्रिओपन सेसनमा सेन्सेटिभ इण्डेक्स १ दशमलव ४० अंक बढेको छ ।

मंगलबारको प्रिओपन सेसनमा ८० स्टकका २६ हजार २१८ कित्ता सेयर २२८ पटक खरिद बिक्री हुँदा १ करोड ८ लाख ६८ हजार ८९१ रुपैयाँ बराबरको कारोबार भएको छ । आजको प्रिओपन सेसनमा ५९ स्टकको मूल्य बढेको छ भने १३ स्टकको मूल्य घटेको छ । बाँकी ८ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal