Skip to content
Prabhu

निर्जीवन बीमा कम्पनीः गत वर्षको दाबी भुक्तानी १७ अर्ब, कसको दाबी भुक्तानी कति ?

काठमाडौं । निर्जीव बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा १७ अर्बभन्दा बढीको दाबी भुक्तानी गरेका छन् । बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८०/८१ मा १७ अर्ब १८ करोड बढीको दाबी भुक्तानी गरेका हुन् ।

निर्जीवन बीमा कम्पनीहरुको दाबी भुक्तानी गत आवमा अघिल्लो आवको तुलनामा घटेको छ । अघिल्लो आवको भन्दा गत आवमा यस्तो भुक्तानी ८.६४ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षको अन्तिमसम्ममा निर्जीवन बीमा कम्पनीहरुले १८ अर्ब ७९ करोड रुपैयाँ बढीको दाबी भुक्तानी गरेका थिए ।

निर्जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै बादी भुक्तानी सगरमाथा लुम्बिनी (सलिको) इन्स्योरेन्स कम्पनीले गरेको छ । यो कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब ८३ करोड ३२ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । त्यस्तै गत आवमा धेरै दाबी भुक्तानी गर्ने कम्पनीको दोस्रो नम्बरमा शिखर इन्स्योरेन्स रहेको छ । जसले एक वर्षको अवधिमा २ अर्ब २४ करोड ७७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

त्यस्तै यो अवधिमा सिद्धार्थ प्रिमियरले २ अर्ब १४ करोडको दाबी भुक्तानी दिएको छ । गत आवमा आईजीआई प्रुडेन्सियलले पनि १ अर्ब ६९ करोडको दाबी भुक्तानी गरेको छ ।

१४ वटा निर्जीवन बीमा कम्पनीमध्ये एनएलजी इन्स्योरेन्सले १ अर्ब ५९ करोड, युनाइटेड अजोडले १ अर्ब ४९ करोड, नेकोले १ अर्ब ३ करोड, सानिमा जिआईसीले ९० करोड र दि ओरियन्टलले ८० करोड माथिको दाबी भुक्तानी गरेको छ ।

गत आर्थिक वर्षमा हिमालयन एभरेष्टले ७४ करोड, नेशनल इन्स्योरेन्सले ५५ करोड, नेपाल इन्स्योरेन्सले ५३ करोड, प्रभु इन्स्योरेन्सले ४३ करोड र राष्ट्रिय बीमा कम्पनीले १६ करोड माथिको दाबी भुक्तानी गरेका छन् ।

प्रतिशतमा हेर्दा गत वर्षको विवरण अनुसार ४ वटा निर्जीवन बीमा कम्पनीको कुल दाबी भुक्तानी वृद्धि भएको छ भने बाँकी १० वटा कम्पनीको कुल दाबी भुक्तानी घटेको छ । गत वर्ष यूनाइटेड अजोडको सर्वाधिक ७७.६३ प्रतिशतले दाबी भुक्तानी बढेको छ । त्यस्तै आईजीआई प्रुडेन्सियलको ६७.९८ प्रतिशत, हिमालयन एभरेष्टको २२.३३ प्रतिशत र सलिकोको १८.७१ प्रतिशतले दाबी भुक्तानी बढेको छ । अन्य कम्पनीको दाबी भुक्तानी घटेको छ ।

गत आवमा सबैभन्दा धेरै नेशनल इन्स्योरेन्सको ३९.०७ प्रतिशतले दाबी भुक्तानी घटेको छ । त्यस्ते नेको इन्स्योरेन्सको पनि ३७.५८ प्रतिशतले घटेको छ । त्यस्तै प्रभु इन्स्योरेन्सको ३१.५६ प्रतिशत, नेपाल इन्स्योरेन्सको २८.७८ प्रतिशत र सिद्धार्थ प्रिमियरको २८.७५ प्रतिशतले दाबी भुक्तानी घटेको छ ।

यता एनएलजीको २७.०२ प्रतिशत, दि ओरियन्टलको १६.६६ प्रतिशत, शिखर इन्स्योरेन्सको १५.९३ प्रतिशत, सानिमा जीआईसीको ८.९३ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको ७.५७ प्रतिशतले दाबी भुक्तानी घटेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal