Skip to content
Prabhu

ह्याविट्याट पावर कम्पनीले आईपीओ जारी गर्ने

काठमाडौं । ह्याविट्याट पावर कम्पनलीले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । सिंगटी हाइड्रो इनर्जी प्रमुख प्रबर्द्धक रहेको ह्याविट्याट पावर कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने भएको हो ।

कम्पनीले आफ्नो जारी पुँजी ५५ करोडको २० प्रतिशत सेयर आमसर्वसाधारणका लागि जारी गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित दरको ११ लाख कित्ता सेयर सर्वसाधारणहरूमा जारी गर्न लागिएको कम्पनीले जनाएको छ ।

त्यसकालागि मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ । जसअनुसार कम्पनीले जारी पुँजीको १० प्रतिशत अर्थात् ५ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूको लागि र बाँकी १० प्रतिशत अर्थात् ५ लाख ५० हजार कित्ता सेयर आम सर्वसाधारणहरूलाई जारी गर्ने जनाएको छ ।

सेयर निष्कासनसम्बन्धी सम्झौतापत्रमा ह्याविट्याट पावर कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष वटु लामिछाने तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal