Skip to content
Prabhu

सेयर बजार सामान्य बढ्दा ७ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो, १२ वटामा सर्किट

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक सामान्य बढ्यो । अघिल्लो दिन उच्च अंकले बढेको सेयर बजारमा आज सामान्य अंकले बढेर बन्द भयो । आज सेयर बजारमा १०६ कम्पनीको सेयर मूल्य बढ्यो । यी कम्पनीमध्ये १२ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

मंगलबारको कारोबार बन्द हुँदा सेयर बजारमा ७ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आज एनएलजी इन्स्योरेन्स, सिन्धु विकास बैंक, मातृभूमि लघुवित्त वित्तीय संस्था, ग्रीन डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, मानुषि लघुवित्त र विन्दाबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

आज एनएलजी इन्स्योरेन्सको सेयर मूल्य ११५ रुपैयाँ ५० पैसाले बढेर १ हजार २७० रुपैयाँ ५० पैसा पुगेको छ । त्यस्तै सिन्धु विकास बैंकको सेयर मूल्य ६४ रुपैयाँले बढेर ७०४ रुपैयाँ पुगेको छ ।

त्यस्तै आज मातृभूमि लघुवित्तको सेयर मूल्य १३९ रुपैयाँ ७० पैसाले बढेर १ हजार ५३७ रुपैयाँ १० पैसा, ग्रीन डेभलपमेन्ट बैंकको ७८ रुपैयाँ ४० पैसाले बढेर ८६२ रुपैयाँ ४० पैसा, विन नेपाल लघुवित्तको १७६ रुपैयाँ ७० पैसाले बढेर १ हजार ९४३ रुपैयाँ ७० पैसा, मानुषि लघुवित्तको १४१ रुपैयाँ ६० पैसाले बढेर १ हजार ५५७ रपैयाँ ६० पैसा र विन्दाबासिनि हाइड्रोपावरको सेयर मूल्य ६३ रुपैयाँ १० पैसाले बढेर ६९४ रुपैयाँ १० पैसामा आजको कारोबार बन्द भएको छ ।

त्यस्तै आज इस्टर्न हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, कर्पोरेड डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । आज इस्टर्न हाइड्रोपावरको सेयर मूल्य ५६ रुपैयाँ ९० पैसाले बढेर ६२६ रुपैयाँ ७० पैसा पुगेको छ । त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ५४ रुपैयाँ ४० पैसाले बढेर ५९८ रुपैयाँ ९० पैसा र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ८७ रुपैयाँ ७० पैसाले बढेर ९६५ रुपैयाँ ३० पैसा पुगेको छ ।

त्यस्तै आत्मनिर्भर लघुवित्तको सेयर मूल्य ४०६ रुपैयाँले बढेर ४ हजार ४७५ रुपैयाँमा कारोबार बन्द भएको छ । यो अघिल्लो दिनको भन्दा ९.९८ प्रतिशतले बढी हो । आजको कारोबार बन्द हुँदा उपकार लघुवित्तको सेयर मूल्य पनि ९.९७ प्रतिशत अर्थात् ३१९ रुपैयाँले बढेर ३ हजार ५१८ रुपैयाँ पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal