Skip to content
Prabhu

दसैँ–तिहारमा किन नयाँ नोट नदिने निर्णयमा पुग्यो राष्ट्र बैंक ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले यो वर्षको दसैैं–तिहारमा नयाँ नोट नसाट्ने भएको छ । केन्द्रीय बैंकले यो वर्षको दसैं र तिहारमा नयाँ नोट सटही नगर्ने निर्णय गरेको हो ।

नयाँ नोटको सट्टामा यो वर्ष सुकिला नोट वितरण गरिने नेपाल राष्ट्र बैंकको सह प्रवक्ता डा. दिल्लीराम पोखरेलले जानकारी दिए । नयाँ नोट खर्चिलो हुने र केही समयमा फेरि पुरानो भइहाल्ने भएकाले यो वर्ष नयाँ नोट नसाट्ने निर्णय गरिएको उनको भनाइ छ ।

विगतका वर्षहरुमा राष्ट्र बैंकले नयाँ नोट सटही गर्ने गरेको थियो । ‘नयाँ नोट छपाइले कस्ट बढाएको छ । यसले गर्दा सुकिला नोटको प्रयोगलाई बढाउ दिनुपर्ने कुरा पहिलेदेखि नै उठेको भए पनि यो वर्र्षदेखि कार्यान्वयन लगिएको हो,’ उनले भने । त्यस्तै डिजिटल कारोबारलाई पनि बढावा दिनुपर्ने उनको भनाइ छ ।

राज्यको आर्थिक, व्यवस्थाप तथा समयको खर्च हुने भएकाले यो वर्षदेखि नयाँ नोट नसाट्ने निर्णयमा पुगिएको उनले जानकारी दिए । राष्ट्र बैंकले दसैं–तिहारको समयमा ५, १० २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिँदै आएको छ । यो सुविधा भने यो वर्ष पनि कायम नै रहेने छ । तर, नयाँको ठाउँमा सुकिला नोट पाइने राष्ट्र बैंकले जनाएको छ । यस पटक पनि अघिल्ला वर्षहरु जस्तै एक जनालाई १८ हजार ५०० दरले सुकिला नोट दिइने राष्ट्र बैंकले जनाएको छ ।

 

 

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal