एजेन्सी । फ्रान्सको ले पोतेल नजिकै समुद्रमा आप्रवासीहरुसवार डुंगा पल्टिँदा अहिलेसम्म १२ जनाको ज्यान गएको छ । फ्रान्सको कोस्टगार्डका अनुसार हालसम्म उक्त दुर्घटनाबाट ५३ जनालाई सकुशल उद्धार गरिएको छ भने केहीको तुरुन्तै उपचार सुरु गरिएको छ ।
दुर्घटनामा बेपत्ता भएकाहरुको खोजी सुरु भइसकेको छ । मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।
उत्तरी फ्रान्सबाट मानिसहरु बेलायत प्रवेश गर्र्न खोजिरहेका थिए । यस वर्ष अहिलेसम्म २० हजार मानिसहरु फ्रान्सबाट समुन्द्रको बाटो हुँदै बेलायत आएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्