Skip to content

आईपीओ निष्कासनका लागि क्रेस्ट माइक्रो लाइफले रेटिङ ‘डबल बी’

nabil bank

काठमाडौं । सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रक्रियामा रहेको क्रेस्ट माइक्रो लाइफ इन्स्योेरेन्स लिमिटेड ‘डबल बी’ रेटिङ पाएको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ संस्था इक्रा नेपाल लिमिटेडबाट कम्पनीले उक्त रेटिङ पाएको हो ।

इक्रा नेपालका अनुसार यस्तो रेटिङ पाउने कम्पनीको वित्तीय दायित्य समयमा नै पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको मानिन्छ । साथै, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड र आरविवि म्युचुअल फण्ड १ सँग भदौ १७ गते सम्झौता गरी सर्वसाधारणमा जारी गरिने धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासनका लागि सेयर प्रत्याभुतीकर्ताको रुपमा नियुक्त समेत गरिसकेको छ ।

स्थापनाको छोटो अवधिमा नै लघुबीमाको ठूलो हिस्सा ओगटी नाफा कमाउन सफल भए पनि रेटिङलाई प्रारम्भिक वर्षहरुमा हुने सञ्चालन, व्यवस्थापन तथा जोखिमांकन खर्चले असर पार्ने हुँदा कम्पनीले यस्तो रेटिङ पाएको हो ।

यस कम्पनीको जारी पुँजी ७५ करोडकोे ३० प्रतिशत अर्थात २२ करोड ५० लाख रकम बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुलाई प्रति सेयर १०० रुपैयाँ अंकित दरमा सार्वजनिक निष्कासनको क्रममा रहेको छ ।

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड २०७९ पौष १३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भएको कम्पनी हो । न्यून आय भएका मध्यम वर्ग एवं पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु जीवन बीमा सेवा पु¥याउने लक्ष्यका साथ बीमा ऐन, २०७९ तथा बीमा नियमावली, २०४९ अनुसार २०७९ चैत २८ गते लघु जीवन बीमाको इजाजत पत्र प्राप्त गरि कारोबार सञ्चालन गर्दै आइरहेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime