Skip to content

बारा मालपोत कार्यालयको राजस्व संकलनमा ५.२ प्रतिशतले वृद्धि

nabil bank

बारा । भूमि सुधार तथा मालपोत कार्यालय बारा कलैयाले आर्थिक वर्ष २०८०/८१ मा राजस्व संकलनमा ५.२ प्रतिशतले वृद्धि भएको छ ।

कार्यालय प्रमुख रमेश पौडेलले ०८०/८१ मा राजिनामा, दृष्टिबन्धक, लेखत पारित, रजिष्ट्रेशनको करबाट १८ करोड ७० लाख एक हजार ९४ रुपैयाँ तथा पुँजीगत लाभकर ११ करोड चार लाख ८३ हजार नौ सय ४७ रुपैयाँ राजस्व संकलन भएको जानकारी दिए ।

यसैगरी, दाखिल खारेज, नामसारी, संशोधन, रोक्काको कर ५ करोड ८१ लख ३९ हजार दुई सय ४४ रुपैयाँ र मुखपत्र स्वच्छता कर तीन करोड ५८ लाख २१ हजार आठ सय नौ रुपैयाँ गरी ३९ करोड १४ लाख ४६ हजार ९४ राजस्व संकलन भएको लेखाफाट प्रमुख बजरङ्गीप्रसाद जैसवालले जानकारी दिए।

त्यस्तै, गतवर्ष राजीनामा, दृष्टिबन्धक, लिखत पारित, रजिष्ट्रेशन कर २० करोड ६१ लाख ६७ हजार चार सय ३० रुपैयाँ, पुँजीगत लाभ कर १० करोड १० लाख ७२ हजार ६ सय ६४ रुपैयाँ, दाखिल खारेज, नामसारी, संशोधन, रोक्का कर तीन करोड १५ लाख ९५ हजार एक सय ३१ रुपैयाँ र मुखपत्र स्वच्छता वापतको कर तीन करोड ३४ लाख १६ हजार तीन सय २६ रुपैयाँ गरी ३७ करोड २२ लाख ५१ हजार पाँच सय ५१ रुपैयाँ राजस्व सङ्कलन भएको उहाँको भनाइ छ ।

०८०/८१ मा रजिष्ट्रेशन करमा गएको वर्ष ०८९/८० को तुलनामा १० प्रतिशतले कमी हुन गएको छ । नेपाल सरकारले महिलाको नाममा जग्गा पारित गरेमा सो वापत लाग्ने करको दस्तुर २५ प्रतिशतले छुट भएपछि पुरुषको भन्दा महिलाको नाममा ५० प्रतिशतभन्दा बढी खरिद र नामसारी हुने गरेको सो कार्यालयका सूचना अधिकारी सागर साहले बताए ।

हालका दिनमा दैनिक करिब दुई सयदेखि तीन सयसम्मको सङ्ख्यामा सेवाग्राहीहरु आउने गरेको उनले भने।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime