Skip to content
Prabhu

नेप्से प्रिओपन सेसनमा करिब ३० अंकले बढ्यो

काठमाडौं । बुधबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३० अंकले बढेको छ । आजको प्रिओपन सेसनमा नेप्से २९ दशमलव ८७ अंकले बढेको हो ।

आजको प्रिओपन सेसन पछि नेप्से २८६० दशमलव ०७ विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १.०५ प्रतिशतले बढी हो । आजको प्रिओपन सेसनमा कारोबार भएका कम्पनीमध्ये ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १० वटाको घटेको छ । ४ वटाको भने स्थिर रहेको छ ।

आज प्रिओपन सेसनमा ८० कम्पनीका १६ हजार ६५६ कित्ता सेयर १८० पटक खरिद बिक्री हुँदा १ करोड १२ लाख २१ हजार १४८ रुपैयाँको कारोबार भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal