Skip to content
Prabhu

पूर्वाञ्चल ल्युब आयलले बोलायो साधारणसभा, मुख्य एजेण्डा आईपीओ जारी

काठमाडौं । पूर्वाञ्चल ल्युब आयल लिमिटेडले सर्वसाधारणलाई प्राथामिक(आईपीओ) सेयर जारी गर्ने प्रस्ताव गर्दै वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैंठकले कम्पनीको साधारणसभा बोलाउन निणर्य गरेको हो ।

कम्पनीको दोस्रो वार्षिक साधारणसभा असोज ९ गते बुधबारका लागि बोलाइएको छ । सभाले सर्वसाधारणमा आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै चुक्ता पुँजीको १०.५२ प्रतिशतले हुने ३ करोड १५ लाख ७८ लाख रुपैयाँ बराबरको नगद लाभांश समेत पारित गर्ने एजेण्डा रहेको छ ।

यसका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव र आर्थिक वर्ष ०८०÷८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू समेत पारित गर्ने कार्यक्रम सभाका लागि तय भएको छ । सभाले प्रवन्धपत्र र नियमावली तथा प्राथामिक शेयर निष्काशनमा गरिने संसोदन एव परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal