Skip to content
Prabhu

नेपाल इन्स्योरेन्सको संस्थापक ६६ हजार कित्ता सेयर लिलाम बिक्रीमा, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

काठमाडौं । नेपाल इन्स्योरेन्सले संस्थापक समूहको सेयर लिलाम बढाबढ प्रक्रियाद्धारा बिक्री गर्न बोलपत्र आह्वान गरेको छ । कम्पनीको संस्थापक समूहको ६६ हजार ५६६ कित्ता सेयर लिलाम बिक्रीमा राखेको हो ।

इन्स्योरेन्सको उक्त संस्थापक सेयर विद्यमान संस्थापक सेयरधनी वा जोकोही योग्य व्यक्ति तथा कम्पनीले खरिद गर्न पाउनेछन् । इन्स्योरेन्सको संस्थापक सेयरमा भदौ १९ गतेदेखि असोज २ गतेसम्म आवेदन दिन सकिने छ ।

उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ भने कम्तिमा १ हजार कित्ता सेयरको लागि आवेदन दिन सकिने छ । नेपाल बीमा प्राधिकरणको बीमकको संस्थापक सेयर कारोबार सम्बन्धि निर्देशिका २०७७ बमोजिम संस्थापक सेयर बिक्रीमा राखिएको हो ।

बोलपत्र आवेदन फाराम इन्स्योरेन्सको बिक्री प्रवन्धक एनआईएमबि एस क्यापिटमा पेश गर्नु पर्ने छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal