Skip to content
Prabhu

निर्जीवन बीमा कम्पनीको व्यवसायः साउन महिनामा ४ अर्ब प्रिमियम संकलन, सलिको अग्रस्थानमा

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा निर्जीवन बीमा कम्पनीहरुले ४ अर्बभन्दा बढीको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १४ वटा निर्जीवन बीमा र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब ३१ करोड १६ लाख ७३ हजार रुपैैयाँको व्यवसाय गर्न सफल भएका हुन्।

प्राधिकरणको तथ्यांकअनुसार साउन महिनामा १४ वटा निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब २६ करोडको प्रिमियम संकलन गरेका छन् भने लघु निर्जीवन बीमा कम्पनीहरुले ५ करोड १६ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएका छन्। साउन महिनामा १४ वटा निर्जीवन बीमा कम्पनीले २ लाख २१ हजार ७१ वटा बीमा लेख जारी गरेका छन् भने लघु निर्जीवन बीमा कम्पनीले २० हजार २४३ वटा बीमा लेख जारी गरेका छन् । लघुसहितको हिसाव गर्दा निर्जीवन बीमा कम्पनीले साउन महिनामा २ लाख ४१ हजार १४ वटा बीमा लेख जारी गरेको प्राधिकरणको तथ्यांकले देखाएको छ ।

निर्जीवन बीमा कम्पनीहरुमध्ये साउन महिनामा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्ने कम्पनी सगरमाथा लुम्बिनी हो । प्राधिकरणको तथ्यांकअनुसार यो कम्पनीले साउन महिनामा ६३ करोड १५ लाख रुपैयाँको प्रिमियम संकलन गरेको छ ।

यो कम्प्नीले २४ हजार २३ वटा बीमा पोलिसी जारी गर्दै उक्त रकम बराबरको व्यवसाय गरेको छ। प्रिमियम संकलनको आधारमा दोस्रो स्थानमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । यो कम्पनीले चालु आवको साउन महिनामा २५ हजार ११ वटा बीमा पोलिसी जारी गर्दै ४५ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

प्राधिकरणको तथ्यांकअनुसार साउन महिनामा शिखर इन्स्योरेन्सले पनि २६ हजार १०९ वटा बीमा पोलिसी बिक्री गरेर ३६ करोड ८८ लाख रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको छ । त्यस्तै साउन महिनामा हिमालयन एभरेष्ट इन्स्योरेन्सले १८ हजार ७०७ वटा पोलिसी जारी गर्दै ३२ करोड ६० लाख, नेको इन्स्योरेन्सले २१ हजार ७०७ वटा पोलिसीमार्फत ३१ करोड ८८ लाख र आइजिआई प्रुडेन्सियलले १६ हजार ४८५ वटा पोलिसी जारी गरेर ३० करोड ६२ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएका छन् ।

यो अवधिमा द ओरिएण्टल इन्स्योरेन्सले ३ हजार ९०९ वटा बीमा लेखमार्फत २९ करोड १० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । त्यस्तै यो अवधिमा नेपाल इन्स्योरेन्सले १४ हजार ५८० बीमालेख जारी गरेर कुला २ करोड ८६ लाख, राष्ट्रिय बीमा कम्पनीले १७ हजार २२९ बीमा लेख मार्फत २५ करोड ४६ लाख र युनाइटेड अजोड इन्स्योरेन्सले १३ हजार ८२५ वटा बीमा पोलिसीमार्फत २५ करोड ४१ लाख रुपैयाँ संकलन गरेको छ ।

प्राधिकरणका अनुसार साउन महिनामा एनएलजी इन्स्योरेन्सले १६ हजार २२२ वटा पोलिसी जारी गरेर २४ करोड ९८ लाख, नेशनल इन्स्योरेन्सले २ हजार ८२१ वटा पोलिसीमार्फत २२ करोड ७६ लाख, सानिमा जिआइसी इन्स्योरेन्सले ९ हजार ८९५ पोलिसी जारी गरेर १८ करोड ३९ लाख र प्रभु इन्स्योरेन्सले १० हजार ५४८ वटा पोलिसी जारी गरेर १० करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

लघुबीमा कम्पनीमा नेपाल माइक्रो अगाडि

प्राधिकरणका अनुसार लघुबीमा कम्पनीतर्फ नेपाल माइक्रो इन्स्योरेन्सले सबैभन्दा धेरैको व्यवास गर्न सफल भएको छ । साउन महिनामा यो लघु बीमा कम्पनीले ५ हजार ७८१ वटा पोलिसी जारी गरेर १ करोड ३८ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएको छ ।

प्राधिकरणको तथ्यांकअनुसार साउन महिनामा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ४ हजार ६ सय ३९ वटा पोलिसी जारी गरेर १ करोड ३६ लाख रुपैयाँ रुपैयाँको व्यवसाय गर्दा स्टार माइक्रो इन्स्योरेन्सले ५ हजार ४६२ वटा पोलिसी जारी गरेर १ करोड १८ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएको छ । लघुबीमा कम्पनीमध्ये सबै भन्दा कम व्यवसाय गर्ने कम्पनी पनि स्टार नै हो ।

साउन महिनामा लघुबीमा कम्पनीमध्ये ट्रस्ट माइक्रो इन्स्योरेन्सले १ करोड २२ लाख रुपैयाँको व्यवसाय गरेको छ । यो कम्पनीले साउन महिनामा ४ हजार ३६१ वटा बीम पोलिसी जारी गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal