Skip to content
Prabhu

३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । बुधबारको सेयर कारोबार जारी रहँदा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार सुरु भएको आधा घण्टाको अवधिमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

बुधबारको कारोबार जारी रहँदा एक्सल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त र समाज लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबारको कारोबार जारी हुँदा एक्सल डेभलपमेन्टको सेयर मूल्य ६० रुपैयाँ ४० पैसाले बढेर ६६४ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले बढी हो ।

त्यस्तै विन नेपाल लघुवित्तको सेयर मूल्य पनि आजको कारोबार जारी रहँदा १० प्रतिशत अर्थात् १९४ रुपैयाँ ३० पैसाले बढेर २ हजार १३८ रुपैयाँ पुगेको छ । समाज लघुवित्तको सेयर मूल्यमा पनि २८० रुपैयाँको वृद्धि भएको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ३ हजार ९२ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९६ प्रतिशतले बढी हो ।

यो समाचार तयार पार्दासम्म समग्र बजार भने १ दशमलव ०७ अंकले घटेर २८२९ दशमलव १२ विन्दुमा पुगेको छ । यो अवस्थामा २ अर्ब १६ करोड रुपैयाँको कारोबार भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal