Skip to content
Prabhu

हेटौंडा क्षेत्रमा विद्युत् चुहावट नियन्त्रण अभियान

मकवानपुर । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा विद्युत् चुहावट एक प्रतिशतमा झरेको छ। विद्युत् चुहाबट नियन्त्रण अभियानअन्तर्गत हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि बन्द रहेको मिटर परिवर्तन र विद्युत् मिटर रिडिङमा सुधारलगायत प्राधिकरणको प्रणाली सुदृढीकरण भएसँगै आर्थिक वर्ष २०८०/८१ मा पाँच दशमलव ६७ प्रतिशतले विद्युत् चुहावट घटेको हो।

हेटौँडा क्षेत्रमा गत आर्थिक वर्ष २०७९/८० मा ६.६७ प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा आर्थिक वर्ष २०८०/८१ मा विद्युत् चुहावट एक प्रतशतमा झरेको विद्युत् प्राधिकरण वितरण केन्द्र हेटौँडाका प्रमुख इन्जिनियर शिवराम यादवले जानकारी दिए।

अर्घाखाँची सिमेन्ट
Hyundai

आर्थिक वर्ष २०८०/८१ मा विद्युत् चुहावट नियन्त्रण अभियानका क्रममा चुहावट गर्ने ग्राहकमाथि कारबाही गर्दा दुई लाख २९ हजार ३७९ महसुल संकलन भएको सो कार्यालयले जनाएको छ।

यस्तै लामो समयदेखि विद्युत् महसुल नतिर्ने दुई हजार १९६ जना ग्राहकको विद्युत् लाइन काटिँदा दुई हजार ११७ ग्राहकले पुनः विद्युत् जडान गराएको र त्यसबाट पाँच करोड ६५ लाख ८० हजार ४४३ बक्यौता असुली भएको प्रमुख यादवले बताए।

विद्युत् मिटर लिएर बिजुली उपभोग गर्ने तर लामो समयसम्म महसुल नबुझाउने प्रवृत्ति बढेकाले विद्युत् लाइन काट्ने अभियान चलाएको उनको भनाइ छ। अभियान सुरु भएपछि महसुल संकलन सुधार भएको छ।

आर्थिक वर्ष २०८०/८१ म सो कार्यालयले २ अर्ब ५४ करोड ५७ लाख पाँच हजार ५२३ रूपैयाँ मूल्य बराबरको विद्युत् बिक्री हुँदा दुई अर्ब ४२ करोड ४३ लाख ३१ हजार ३२५ महसूल संकलन भएको प्रमुख यादवले जानकारी दिए। उक्त कार्यालयमा ७७ हजार सात सय ६० ग्राहक छन्।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्