Skip to content
Prabhu

बैंकिङ प्रणालीबाट २१ दिनका लागि ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा तरलता थुप्रिएसँगै थप ४० अर्ब रुपैयाँ खिच्न लागेको छ । निक्षेप संकलन उपकरण मार्फत केन्द्रीय बैंकले बुधबार ४० अर्ब तरलता खिच्न लागिएको हो ।

२१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ४० अर्ब तरलता खिच्न लागिएको हो । केन्द्रीय बैंकका अनुसार निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । जसको साँवा र ब्याज भुक्तानी आगामी ९ असोजमा हुनेछ ।

१० करोड र बढीमा ५ करोड रुपैयाँले भाग जादा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल कबोल गर्न सकिने छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal