Skip to content
Prabhu

बीमा प्राधिकरणले लागू गर्यो मेलमिलाप तथा मध्यस्थतासम्बन्धी कार्यविधि

काठमाडौं । नेपाल बीमा प्राधिकरणले मेलमिलाप तथा मध्यस्थतासम्बन्धी कार्यविधि, २०८१ लागू गरेको छ । प्राधिकरणबाट मेलमिलाप तथा मध्यस्थताको प्रक्रियाको माध्यमद्वारा विवादको निरुपण गर्नका लागि कार्यविधि बनाएर लागू गरेको हो ।

कार्यविधिमा भएको व्यवस्था अनुसार समितिको संयोजकमा प्राधिकरणका अध्यक्ष, सदस्यमा प्राधिकरणका कार्यकारी निर्देशक, कानून तथा नियमन महाशाखा प्रमुख, उजुरी शाखा प्रमुख रहनेछन् । सदस्यसचिवमा अध्यक्षले तोकेको उजुरी शाखाको एक जना अधिकृत हुनेछन् ।

प्राधिकरणले तोकेको समयावधिभित्र मेलमिलाप तथा मध्यस्थतासम्बन्धी काम सम्पन्न हुन नसकेमा र पक्षहरुबीच मेलमिलाप हुने पर्याप्त सम्भावना रहेको देखिएमा मेलमिलाप वा मध्यस्थता समितिले पक्षहरुको सहमति लिई सञ्चाक समिति समक्ष मेलमिलाप तथा मध्यस्थता गराउन समयावधि थप गर्न सक्नेछ । कार्यविधिमा समितिका काम कर्तव्य र अधिकार, समितिले पालना गर्नुपर्ने कुरा लगायत विषय समावेश गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal