Skip to content
Prabhu

बाली बीमाका लागि प्रबर्द्धनात्मक कार्यक्रम ल्याउँदैछौंः कृषिमन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपंक्षी विकामन्त्री रामनाथ अधिकारीले बाली बीमाका लागि प्रबर्द्धनात्मक तथा सचेतनामूलक कार्य अघि बढाउने बताएका छन् । मन्त्रालयमा मंगलबार प्रदेशका कृषि मन्त्रीहरूसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले बाली बीमालाई व्यवस्थित गर्दै लैजाने उद्देश्य रहेको मन्त्रीले बताए । उनले अनुदानको विषयमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमाथि लाग्दै आएको आरोप मेटाउन अब पालिका तह, प्रदेश तहसँग समन्वय गरी एउटा संयन्त्र बनाउने र अनुदानको व्यवस्थापन गर्ने सोच मन्त्रालयले बनाएको जानकारी दिए ।

उनले लगानी दशकको सफलताका लागि सबैले पहल गर्नुपर्ने जरुरी रहेको उल्लेख गरे । लगानी दशकमा के—के काम गर्ने, १० वर्षमा केके काम गर्ने उद्देश्य बोकेको छ ? भन्नेबारेको योजना चाँडै सार्वजनिक गर्ने पनि बताए ।

उनले प्रदेश र स्थानीय तहसँगै जान नसके लगानी दशक सफलतातिर लैजान नसकिने उल्लेख गरे । उनले मन्त्रालयले किसान सूचिकरणका सम्बन्धमा यसै वर्षभित्र सक्ने उद्देश्य बोकेको बताए । यस वर्षभित्रै सूचिकरण, वर्गीकरण गर्दै वितरणको प्रक्रिया पनि शुरु गर्ने योजना रहेको जानकारी दिए ।

मन्त्री अधिकारीले निर्देशिका संशोधन गर्न नसके रासयनिक मलको अभाव र आलोचना सधैँ भइरहने बताए । नागरिकताको प्रतिलिपि नलगी १० किलो मल नपाइने अवस्था रहेको भन्दै यसको अन्त्य गर्न मन्त्रालय लागिरहेको जानकारी दिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal