Skip to content
Prabhu

सेयर बजारमा भारी गिरावट, परिसूचक ९० अंकले घट्दा कारोबार रकम १२ अर्बमा सीमित

काठमाडौं । साताको चौथो कारोबारका दिन बुधबार सेयर बजार परिसूचक राताम्य भएर बन्द भएको छ । अघिल्लो दिन सामान्य बढेको बजार आज ९० दशमलव ७३ अंकले घटेर बन्द भएको हो । आज सेयर बजार अघिल्लो दिनको तुलनामा ३.२० प्रतिशतले घटेको छ ।

कारोबार खुल्नेबित्तिकै बढेको बजार अन्तिममा भने ठूलो अंकले घटेर बन्द भएको हो । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २७३९ दशमलव ४६ विन्दुमा पुगेको छ । सोमबार १२७ अंकले बढेको सेयर मंगलबार भने ६ अंकले बढेको थियो ।

आज परिसूचकसँगै कारोबार रकममा पनि गिरवाट आएको छ । अघिल्लो दिन १३ अर्बको कारोबार भएको बजारमा आज १२ अर्बभन्दा बढीको कारोबार भएको छ । आज सेयर बजारमा ३२० कम्पनीका २ करोड ६५ लाख ८४ हजार १९२ कित्ता सेयर १ लाख ३७ हजार १६३ पटक खरिद बिक्री हुँदा १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २१५ रुपैयाँको कारोबार भएको छ ।

आज सेयर बजारमा कारोबार भएका कम्पनी मध्ये २१३ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ३१ कम्पनीको सेयर मूल्य बढेको छ भने १ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.२३ प्रतिशतले घटेको छ । सेन्सेटिभ इन्डेक्स आज १६ दशमलव ३१ अंकले घटेर ४८८ दशमलव ७१ विन्दुमा पुगेको छ ।

आज १३ वटै उपसूचकको सेयर मूल्य घटेको छ । आजको बजार बन्द हुँदा ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal