Skip to content
Prabhu

सेयर बजार राताम्य भए पनि ५ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । बुधबार सेयर बजार राताम्य हुँदा पनि ५ कम्पनीको सेयर मूल्यमा भने उच्च वृद्धि भएकोे छ । आजको कारोबार बन्द हुँदा जम्मा ३१ वटा कम्पनीको सेयर मूल्य बढेकोमा ५ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको हो ।

आज सेयर बजार बन्द हुँदा एक्सल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त वित्तीय संस्था,  सामुदायिक  लघुवित्त वित्तीय संस्था, समाज लघुवित्त वित्तीय संस्था र इस्र्टन आइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

बुधबारको कारोबार बन्द हुँदा एक्सल डेभलपमेन्ट बैंकको सेयर मूल्य ६० रुपैयाँ ४० पैसाले बढेर ६६४ रुपैयाँ ४० पैसा पुगेको छ । त्यस्तै विन नेपाल लघुवित्तको सेयर मूल्य १९४ रुपैयाँ ३० पैसाले बढेर २ हजार १३८ रुपैयाँ पुगेको छ । यी दुई कम्पनीको सेयर मूल्य अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढेको हो ।

त्यस्तै आज सामुदायिक लघुवित्त र समाज लघुवित्तको सेयर मूल्य पनि १० प्रतिशतले बढेको छ । सामुदायिकको सेयर मूल्य १२२ रुपैयाँले बढेर १ हजार ३४२ रुपैयाँ २० पैसामा कारोबार बन्द भएको छ । समाज लघुवित्तको सेयर मूल्य पनि २८१ रुपैयाँ २० पैसाले बढेर ३ हजार ९३ रुपैयाँ २० पैसामा कारोबार बन्द भएको छ ।

बुधबार सेयर बजारमा इस्र्टन हाइड्रोपावरको सेयर मूल्य पनि ९.९९ प्रतिशत अर्थात् ६२ रुपैयाँ ६० पैसाले बढेर ६८९ रुपैयाँ ३० पैसामा कारोबार बन्द भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal