Skip to content
Prabhu

आइएमई र कमर्स प्लेक्सबीच रेमिट्यान्स आदानप्रदानका लागि साझेदारी

काठमाडौं । आइएमई लिमिटेड तथा कमर्स प्लेक्स लिमिटेडबीच एक कार्यक्रमको आयोजना गर्दै रेमिट्यान्ससम्बन्धी रणनीतिक साझेदारीका लागि हस्ताक्षर भएको छ ।

आइएमईको काठमाडौंस्थित कर्पोरेट कार्यालयमा भएको उक्त हस्ताक्षर समारोहमा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र आइएमई लिमिटेडका महाप्रबन्धक बद्री कटुवाल तथा कमर्स प्लेक्स लिमिटेडका तर्फबाट व्यवसाय प्रमुख शाहरोज ए खानलगायत नेपाल र बंगलादेशका कन्ट्री म्यानेजर सञ्जना फरीद साथै नेपालका डेपुटी कन्ट्री म्यानेजर शैलेन्द्र जोशी पनि उपस्थित थिए ।

कमर्स प्लेक्स सिमपैसा होल्डिङ्स कम्पनीको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी र क्यानडामा फिनट्रयाकद्वारा सञ्चालित लाइसेन्स प्राप्त विदेशी मुद्रा सेवा व्यवसाय (एफएमएसबी) ले नेपालको लागि रेमिट्यान्सको परिदृश्यलाई रूपान्तरण गर्ने लक्ष्यका साथ रणनीतिक साझेदारीका लागि तयार भएको कम्पनी हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal