Skip to content
Prabhu

नेप्से उच्च अंकको गिरावट हुँदा, जीवन बीमा र प्रतिशतमा फाइनान्स समूहको सूचक धेरैले घट्यो

काठमाडौं । बुधबार सेयर बजारमा उच्च अंकको गिरावट आयो । कारोबार रकमसमेत खुम्चिएको बजारमा बुधबार ९० अंकको गिरावट आएको हो । १३ उपसूचकमध्ये सबै राताम्य भएको दिन सबैभन्दा बढी अंकको गिरावट जीवन बीमा क्षेत्रमा देखियो ।

१३ उपसूचकमध्ये जीवन बीमा क्षेत्रमा ५२८ दशमलव ७९ अंकको गिरावट आएको हो । यो अघिल्लो कारोबारभन्दा ३.७१ प्रतिशतले कम हो । आज सबै १२ वटै जीवन बीमा कम्पनीको सेयर बजार घटेर बन्द भयो । १३ कम्पनी मध्ये अंकका आधारमा बुधबार सबैभन्दा कम म्युचुअल फण्डको ० दशमलव ३० अंकले घट्यो । आज बैंकिङ क्षेत्रका सूचक ५० दशमलव २४ अंकले, विकास बैंक समूह १३० दशमलव ३३ अंकले र फाइनान्स उपसूचक १८८ दशमलव १९ अंकले घटेको छ ।

त्यस्तै आज होटल तथा पर्यटन क्षेत्रको उपसूचक ३२८ दशमलव २२ अंकले घटेको छ । बुधबार जलविद्युत क्षेत्र १२५ दशमलव ९० अंकले, लगानी उपसूचक ४ दशमलव १२ अंक, निर्माण र प्रसोधनको उपसूचक १८९ दशमलव १२ अंक र लघुवित्त उपसूचक ७१ दशमलव ९६ अंकले घटेर बन्द भएको छ । त्यस्तै आज निर्जीवन बीमा उपसूचक ३८८ दशमलव ४२ अंकले घट्दा अन्य उपसूचक ८१ दशमलव ७२ अंक र ट्रेडिङ उपसूच १०३ दशमलव ४५ अंकले घटेको छ ।

आजको सेयर कारोबार बन्द हुँदा प्रतिशतका आधारमा सबैभन्दा धेरै गिरावट फाइनान्स उपसूचकमा देखिएको छ । यो उपसूचक ५.१५ प्रतिशतले घटेको छ । प्रतिशतका आधारमा सबै भन्दा कम म्युचुअल फण्डको १.३७ प्रतिशतले घटेको छ। आजको कारोबार बन्द हुँदा बैंकिङ उपसमूहको सेयर मूल्य ३.१७ प्रतिशतले घटेको छ भने विकास बैंक समूहको उपसूचक २.२९ प्रतिशतले घटेको छ ।

त्यस्तै होटल र पर्यटन समूहको उपसूचक ४.४७ प्रतिशत, हाइड्रोपावर समूहको उपसूचक ३.५९ प्रतिशत र इन्भेष्टमेन्ट समूहको उपसूचक ३.५६ प्रतिशतले घटेको छ । त्यस्तै जीवन बीमा समूहको उपसूचक ३.७१ प्रतिशत, निर्माण तथा प्रसोधन समूहको उपसूचक २.५५ प्रतिशत, लघुवित्त समूहको उपसूचक १.३८ प्रतिशत, निर्जीवन बीमा समूहको उपसूचक २.७३ प्रतिशत, अन्य समूहको उपसूचक ३.७८ प्रतिशत र ट्रेडिङ समूहको उपसूचक २.६८ प्रतिशतले घटेको छ ।

समग्र बजार घटेको दिन विकास बैंक समूहका ४ कम्पनी, हाइड्रोपावर समूहका ६ कम्पनी, इन्भेष्टमेन्ट समूहको १ कम्पनी, निर्माण र प्रसोधन समूहको २ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आज सबै भन्दा धेरै लघुवित्त समूहका १६ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै निर्जीवन बीमा उपसूचकको २ वटा कम्पनीको सेयर मूल्य पनि बढेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal