Skip to content
Prabhu

सूचक सकारात्मक हुँदा पनि किन यति अस्थिर भइरहेको छ सेयर बजार ?

काठमाडौं । पछिल्ला केही दिनहरूमा सेयर बजार अस्थिर बनिरहेको छ । एक दिन बढ्ने र अर्को दिन घट्ने क्रम देखिन्छ बजारमा । घटबढ बजारको प्रकृति भए पनि एकै पटक धेरैले बढ्ने र घट्ने कुरालाई भने सामान्य मान्न नहुने लगानीकर्ता तथा सेयर बजारका जानकारहरू नै बताउँछन् ।
आइतबार सेयर बजार उच्च अंकले घट्यो, सोमबार फेरि उच्च अंकले बढ्यो । मंगलबार पनि सामान्य सुधार भएको बजार बुधबार फेरि उच्च अंकले घटेर बन्द भयो । परिसूचकसँगै कारोबार रकममा पनि दिन प्रतिदिन गिरावट आइरहेको छ । ३० अर्ब नजिक पुगेको कारोबार रकम पनि अहिले १३ अर्बको हाराहरीमै रुमलिएको छ ।
सेयर बजार बढ्दा पनि सय अंकले र घट्दा पनि सय अंकले घटिरहेको छ । यस्तो उच्च गिरावट र वृद्धिले सेयर बजारका जानकारहरू बताउँछन् । सामान्य करेक्सन हुँदै जाने कुरा सामान्य भए पनि एकै पटक घट्नुलाई बिना आधारका लगानीकर्ताका कारण बजारमा यस्तो अवस्था आइरहेको उनीहरूको भनाइ छ ।
सेयर बजारका जानकार देव गुरागाईँ भने अहिले पनि बजारलाई घटेको भन्दा बढेका नै अवस्थामा रहेको बताउँछन् । ‘हाम्रोमा सेयर बजार २००० विन्दुमा भएको पनि लामो समय भएको छैन,’ उनले भने, ‘अहिलेको अवस्थालाई म बजार घटेको भन्दिन बढेको नै छ भन्ने हो ।’ बजार सामान्य रूपमा घटबढ हुने कुरा सामान्य भए पनि अहिले अस्वाभाविक रूपमा बजार घट्नुलाई भने उनले अलिकति ट्राई मार्न खोजेको जस्तो देखिएको बताए । अस्वाभाविक घटबढ हुनलाई राम्रो मान्न नसकिने उनको भनाइ छ । ‘पछिल्लो तीन दिनको कुरा गर्नु हुन्छ भने बजार अश्व भाविक देखिएको छ । तर लामो समयको कुरा गर्दा बजार सकारात्मक नै रहेको छ,’ उनले भने ।
त्यस्तै उनले बजारलाई जबरजस्ती बढाउन खोज्दा पनि यस्तो अवस्था आउने उनको तर्क छ । स्वाभाविक रूपमा भन्दा जबरजस्ती बजार बढाउन खोज्दा पनि आजको अवस्था देखिएको उनको भनाइ छ । ‘यो अवस्था हिजो नै आउने देखिएको थियो । तर हिजो थामियो । आज फेरि उच्च अंकले घट्यो,’ उनले भने ।
केही मात्रामा बजारमा हल्ला गर्नेहरूका कारण पनि बजार घटबढ हुने उनको भनाइ छ । अहिले पनि सबै सूचकहरू हेर्दा बजार सकारात्मक नै रहेको उनको भनाइ छ । सूचक सकारात्म हुँदा पनि बजारलाई स्वाभाविक रूपमा जान नदिएर जबरजस्ती गर्न खोज्दा ठूलो गिरावट आउने गुरागाईको भनाइ छ ।
स्वाभाविक रूपमा करेक्सन हुन नदिदाको परिणाम अहिले देखिएको उनले बताए । यो हप्ता यस्तै हुने अर्को हप्ताबाट केही सुधार हुने उनको भनाइ छ । भदौ महिना लागेदेखि बजार अलि अस्थिर भइरहेको छ ।
सरकारले पुँजी बजारलाई स्थायीत्व दिनका लागि कुनै पनि कदम नचालेको र विष्णु पौडेलको नामले मात्रै बढ्नु पर्ने बजार बढी सकेकाले अहिले घटेको लगानीकर्ताको भनाइ छ । ‘विष्णु पौडेलको नाम लिएर सँधै भरी काम हुदैन । नीतिगत सुधारमा नियामक चुप बसेको अवस्था छ,’ नाम उल्लेख नगर्ने सत्रमा ती लगानीकर्ताले भने । नियामक निकाय र सकारले पुँजी बजार सुधारका लागि गर्नु पर्ने काम नगर्दा सम्म बजारको अवस्था यस्तै रहने उनको भनाइ छ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal