Skip to content

मोलुङ हाइड्रोपावरको दुई आवको साधारणसभा एकैपटक बस्दै

nabil bank

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको अघिल्ला दुई आव (०८०/८१ र ०७९/८०) को वार्षिक साधारणसभा असोज १८ गते शुक्रबार बस्ने भएको छ । भदौ १९ गते बसेको कम्पनीको सञ्चालक समितिले साधारणसभाको मिति तोकेको हो ।

उक्त सभाले प्रबन्ध पत्रको दफा ६ को घ, ङ, च, छ संशोधन गर्ने, नियमावलीको नियम २७ को उपनियम ४ पछि ५ थप गर्ने, कम्पनीले उपयोग गरिरहेको कर्जा सुविधा कम ब्याजदर भएको बैंक तथा वित्तीय संस्थासँग सम्झौता गरी कर्जा स्वाप गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थापक समूहबाट ४ र सर्वसाधारण समूहबाट १ महिला सहित २ जना सञ्चालकको निर्वाचन गर्ने विशेष प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वित्तीय विवरण सहित अघिल्ला दुई आवको वार्षिक प्रतिवेदन, सोही अवधिको लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्वीटीमा भएको परिवर्तनलगायतका वित्तीय विवरणहरू अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै गत आवका लागि भएको लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समिति गठन गर्ने एजेण्डा पनि रहेको छ ।

सभा प्रयोजनार्थ कम्पनीले असोज २ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज १ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi