Skip to content
Prabhu

राष्ट्रिय जीवन बीमा कम्पनीको बोनसेदर सार्वजनिक

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ का लागि बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरेको सबै किसिमका जीवन बीमालेखहरूमा चालु आवका लागि प्रतिवर्ष प्रतिहजार बीमाङ्कमा ६० रुपैयाँ बोनस दर निर्धारण गरिएको छ ।

कम्पनीको आर्थिक वर्ष २०७०/७१ देखि आव २०७२/७३ सम्मको इन फोर्स पोलिसी कायम रहेको जम्मा बीमालेख संख्या १ लाख ५२ हजार ८९० रहेको छ । सोही बीमालेखको आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्क सम्बन्धी बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन नेपाल बीमा प्राधिकरणले भदौ १७ गते स्वीकृत गरेपछि कम्पनीले बोनसदर सार्वजनिक गरेको हो ।कम्पनीको बोनसदर बीमाङ्कीय मूल्याङ्कनका आधारमा परिवर्तनशील रहनेछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal