Skip to content
Prabhu

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहतर्फको सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ । बैंकले सेयर सर्वसाधारणले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो ।

बैंकले यसअघि उक्त सेयर संस्थापक सेयरधनीलाई बिक्री खुला गरेको थियो । तर ३५ दिनसम्म पनि सेयर खरीदका लागि आवेदन नपरेपछि सर्वसाधारणले मात्रै किन्न पाउने गरी पुनः बिक्रीमा ल्याएको छ ।

सो सेयर किन्न इच्छुक व्यक्ति वा संघसंस्थाले ७ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको सेयर शाखामा निवेदन दिनु पर्नेछ । बैंकले बिक्रीमा राखिएको सेयरको संख्या र सोको मूल्य भने खुलाएको छैन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal