Skip to content
Prabhu

भारतमा सबैभन्दा बढी कर तिर्ने कलाकारमा शाहरुख खान, ९२ करोड कर तिरे

मुम्बई । शाहरुख खान भारतमा सबैभन्दा बढी कर तिर्ने सेलिब्रेटी बनेका छन् । उनले ९२ करोड रुपैयाँ कर तिरेका छन् । फर्च्युन इन्डियाले बुधबार आर्थिक वर्ष २०२३–२४ मा सबैभन्दा बढी कर तिर्ने भारतीय सेलिब्रेटीहरूको सूची सार्वजनिक गरेको छ।

किंग खानपछि यो सूचीमा तमिल सुपरस्टार थालापथी विजय छन् । उनले ८० करोड रुपैयाँ कर जम्मा गरेका छन् । यस लिस्टको टप ५ मा अमिताभ बच्चन र सलमान खान परेका छन् । भारतीय खेलाडीमा कोहली सबैभन्दा अगाडि छन् ।

कर तिर्ने मामिलामा आमिर खान करिना कपूर, कपिल शर्मा र पंकज त्रिपाठीभन्दा पछि छन् । पंकजले ११ करोड र आमिरले १० करोड कर तिरेका छन् । अक्षय कुमार टप–२० बाट बाहिरिएका छन् ।

०२३ मा शाहरुख खानको कुल सम्पत्ति १३०० करोड रुपैयाँले बढेको थियो । फोर्ब्सका अनुसार सन् २०२२ मा शाहरुखको कुल सम्पत्ति ५११६ करोड रुपैयाँ थियो, जुन जवान र पठानको सफलतापछि ८ प्रतिशतले बढेको छ। शाहरुखको फिल्म पठानले १०५० करोड कमाएको थियो ।

टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार शाहरुखले यशराज प्रोडक्सनसँग फिल्म पठानका लागि ६० प्रतिशत नाफा बाँडफाँड गर्ने सम्झौता गरेका थिए । यसबाहेक उनले फिल्मका लागि १०० करोड पारिश्रमिक लिएका थिए ।

फिल्म जवान शाहरुख खानको प्रोडक्सन हाउस रेड चिली इन्टरटेनमेन्टले निर्माण गरेको हो । यस्तो अवस्थामा उनले ओटीटी र च्यानल राइट्सबाट पनि प्रत्यक्ष नाफा कमाए ।

अब शाहरुखको कुल सम्पत्ति ६४११ करोड रुपैयाँ पुगेको छ, जससँगै शाहरुख खान विश्वका चौथो धनी अभिनेता बनेका छन् । कमाईको मामिलामा शाहरुख खानले ज्याकी च्यान (३३५९ करोड) र टम क्रुज (५०३९ करोड) लाई पछि पारेका छन् ।

करिना कपुर सबैभन्दा बढी कर तिर्ने सेलिब्रेटी बनेकी छिन् । अभिनेत्री करिना कपुर भारतमा सबैभन्दा बढी कर तिर्ने महिला सेलिब्रेटी हुन् । अभिनेत्रीले आर्थिक वर्ष २०२४ मा २० करोड रुपैयाँ कर तिरिन् । यो सूचीमा उनी शाहिद कपूर र साउथ स्टार मोहनलालभन्दा माथि छन्, जसले १८ करोड कर तिरेका छन् । कमेडियन कपिल शर्मा २६ करोड कर तिरेर यो सूचीमा ११ नम्बरमा छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal