Skip to content
Prabhu

रिलायन्स फाइनान्सको साधारणसभा आज

काठमाडौं । रिलायन्स फाइनान्सको १४ औं वार्षिक साधारण सभा आज (भदौ २० गते) बस्दैछ । सभा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुड ल्यान्ड एन्ड ब्यांकेटमा १४ औँ वार्षिक साधारण सभा सुरु भएको हो ।

लाभांश सम्बन्धी कुनै एजेण्डा समावेश नगरेको यस कम्पनीको सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । सभाले आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal