Skip to content
Prabhu

नेप्से प्रिओपन सेसनमा सामान्य बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य बढेको छ । आजको प्रिओपन सेसनमा नेप्से परिसूचक ० दशमलव ७४ अंकले बढेको हो ।

यो कारोबार बन्द हुँदा परिसूचक २७४० दशमलव २१ विन्दुमा पुगेको छ । अघिल्लो दिनको कारोबारमा सेयर बजार उच्च अंकले घटेको थियो । आजको सो सेसनमा सेन्सेटिभ इण्डेक्स ० दशमलव १३ अंक बढेको छ ।

बिहीबारको प्रिओपन सेसनमा ४७ स्टकका ४ हजार ५६७ कित्ता सेयर ७६ पटक खरिद बिक्री हुँदा २५ लाख ८० हजार ४४८ रुपैयाँ बराबरको कारोबार भएको छ । आजको प्रिओपन सेसनमा २० स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ । बाँकी ६ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal