Skip to content
Prabhu

ङादी ग्रुपको साधारण सभा असोज १३ गते

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा असोज १३ गते आइतबार बस्ने भएको छ । कम्पनीको भदौ १८ गते बसेको सञ्चालक समितिले बैठकले साधारण सभाको मिति घोषणा गरेको हो ।

सभामा हकप्रद सेयर, संस्थागत सुशासन प्रतिवेदन, सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका वित्तीय विवरणका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने र गत आवमा सञ्चालक समितिबाट भएको निर्णय अनुमोदन गर्ने एजेण्डा समावेश छन् ।

साथै मर्जरका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष एजेण्डा पनि रहेका छन् । सभा प्रयोजनार्थ कम्पनीले भदौ ३१ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । सोका आधारमा भदौ ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनी मात्रै सभामा उपस्थित हुन सक्नेछन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal