Skip to content
Prabhu

कुमारी बैंकले तीजको अवसरमा सञ्चालनमा ल्यायो क्यासब्याक अफर

काठमाडौं । कुमारी बैंकले नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरी खोलिएका महिला खातावालालाई लक्षित गरी तीजको स्वरुप क्यास ब्याक योजना सञ्चालन गरेको छ ।

निरन्तर रूपमा सरल, सहज तथा नविनतम सेवा सुविधा दिँदै आएको कुमारी बैंकले विदेशबाट रेमिट्यान्स प्राप्त हुने गरी खोलिएका महिला लाभग्राहिहरुका खाताहरुबाट डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत रकम भुक्तानी गर्दा तीजको शुभकामना स्वरूप यही भदौ २० देखि २६ गते सम्म प्रत्येक दिन २५ सेवाग्राहीलाई १०० को क्यास ब्याक योजना सञ्चालनमा ल्याएको छ । यस योजनाबाट सेवाग्राहीहरुको विद्युतीय भुक्तानी प्रयोगमा टेवा पूग्ने विश्वास बैंकले लिएकोे छ।

विगत २३ वर्षदेखि निरन्तर वित्तीय साक्षरता प्रबर्द्धन गर्दै बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ एकाइहरुमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal